डेंगुबाट फाइजर कम्पनी नेपालका म्यानेजर भट्टराईकाे निधन


न्युज अफ नेपाल, काठमाडौं ।

अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडको नेपालका म्यानेजर पदम भट्टराईको डेंगु सङ्क्रमण कारण निधन भएको छ। डेंगु सङ्क्रमण देखिएपछि उनी उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका थिए।

 उपचारको क्रममा आज बिहान भट्टराइएको निधन भएको नेपाल औषधिगत बिक्रि प्रबन्धक संगठनका सदस्य जनक ढकालले बताए। भट्टराई उक्त संगठनको साधारण सदस्य थिए।