कांग्रेस सल्यानको सभापतिमा देउवा पक्षका विष्ट निर्वाचित


 सल्यान ।

नेपाली कांग्रेस सल्यानको सभापतिमा देउवा प्यानलका केश बहादुर विष्ट निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी पौडेल प्यानलका ध्रुवराज पुरीलाई ५ मतले हराउँदै विष्ट निर्वाचित हुनुभएको हो ।

निर्वाचित विष्टले ६१२ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पुरीले ६०७ मत प्राप्त गर्नुभएको छ । विष्ट प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका थियो भने पुरीले पौडेल पक्षबाट उम्मेदवारी दिनुभएको थियो । १३ औं महाधिवेशनमा हार व्यहोरेका विष्टले यस पटक भने जीत हात पार्नुभएको छ ।यस्तै उप सभापतिमा चक्र देवकोटा ५ सय ९६ र शन्तोष केसीले ६ सय २० मत ल्याइ विजयी हुनुभएको छ  । उहाँका प्रतिस्पर्धी गोपाल बुढाथोकीले ५ सय ६ र डिल्ली बहादुर बुढाथोकीले ५६२ मत प्राप्त गरेका छन् ।

सचिवमा प्रकाश भण्डारी ७०२ र एकराज बुढाथोकी ५५९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी डिल्ली प्रसाद जैसीले ५३१ र लोकराज आचार्यले ४९७ मत प्राप्त गरेका छन् ।सह सचिवमा जनकराज गौतमले ६३४ र पदम बहादुर बुढाथोकीले ५७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी खिम बहादुर रावतले ५ सय ६९ र बृद्धि प्रकाश हमालले ५६४ मत प्राप्त गरेका छन् ।