नेपाली सेनाद्वारा सिन्धुपाल्चोक चनौटमा पुल निर्माण गर्दै (भिडियोसहित)


काठमाडौं ।

यहि असारमा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका वडा नं ७ स्थित चनौटे भिरखर्क जोड्ने ट्रस बृज रातो पुल बगाएकाले स्थानीयबासीहरु आवतजावतमा हुँदा नेपाली सेनाद्वारा चनौटेमा बेलिबृज निर्माणको काम भइरहेको छ ।

उक्त निर्माणाधीन काम अहिलेसम्मको प्रगती विवरण देहाय बमोजिम भइरहेको छ । सर्भे काम सम्पन्न भई डिजाइन र लागत तयार भइसकेको छ । बेलीबृज जडान गर्ने स्थानमा दुवैतर्फ होम बैंक र फर बैंकको निमार्णको काम भएको छ । पर्खालको लागि ढुङ्गा फोर्ने तथा संकलन गर्ने तथा फिलिङ्गको काम भइरहेको छ ।

गाउँपालिकासङको सहकार्यमा ह्युम पाइप राखी अस्थायी ट्याक डाइभर्सन निर्माण गरी अहिलेलाई आवागमनमा सहज गरिएको र उक्त डाइभर्सन को नियमित मर्मत सम्भार गर्ने गरिएको छ । अहिले दैनिक ४५र ५० यात्रुबाहक र मालबाहक गाडीहरु उक्त पुलबाट आवतजावत भइरहेको छ ।उक्त डाइभर्सन बाट किउल, टिम्बु, पाँचपोखरी लगायत हेलम्बु सम्मको बाटो खुल्ला भएको छ ।

जडान गरीने बेलिब्रिजका अधिकांश सामग्रीहरू दमौलीबाट ढुवानी गरी स्थान विशेषमा एकीकृत गरिसकेको र केही सामग्री ल्याउने क्रममा रहेको भइरहेको छ । उक्त बेलिब्रिज पौष मसान्तसम्म जोडी संचालनमा ल्याइ सक्ने योजना रहेको तथा उक्त बेलिब्रिज निर्माणको कामका क्रममा स्थानीयवासी २५ जनालाई रोजगारीको अवसर दिइएको छ ।