एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

एमालेको महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलन त्यसैबारे केन्द्रित हुने जनाइएको छ । त्यसअघि बिहान ११ बजे स्थायी कमिटी बैठक बस्दैछ ।  बैठकमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको तयारी र महाधिवेशनमा सहभागी हुने मनोनीत प्रतिनिधि छनोटकाबारेमा छलफल हुनेछ ।