काठमाडौं, नेस ।
सानिमा बैंकले प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ । प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र प्रायोरिटी ग्राहक श्यामकाजी अवालेले संयुक्त रुपमा गर्नुभयो । सानिमा बंैकको सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।
प्रतिक्रिया