थप २३८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ८४५ पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २७८ एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा ३७० जना संक्रमणमुक्त भएका छन्। हालसम्म ८ लाख ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यस्तै कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार १६४ रहेको छ। त्यस्तै थप ४ लाख १४ जनाले खोप लगाएको बताइएको छ।