एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए



न्युज अफ नेपाल,  काठमडौं ।

गृह मन्त्रालयले वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी)हरुको सरुवा गरेको छ। काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा प्रहरी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोबाट तानिएका हुन । । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएका छन् ।

ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको छ। यस्तै ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञबिनोन्द पोखरेलको सरुवा भएको छ । पोखरेल यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा थिए।

एसएसपी दीपक थापाको तालिम शाखामा सरूवा भएको छ। यस्तै लुम्बिनी प्रहरी प्रमुखकाे जिम्मेवारीमा प्रकाश अधिकारीलाई पठाइएको छ। लुम्बिनी प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्य लागुऔषध नियन्त्रण व्यूरोमा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस्