दुर्घटना भए धावकले नै खर्च बेहोर्नुपर्ने


विजय नेपाली, पोखरा । 

कास्की जिल्ला खेलकुद संघले शनिबार खुल्ला विद्यालयस्तरीय छात्र छात्रा दौड प्रतियोगिताको आयोजना ग¥यो । प्रतियोगिता त सफल रह्यो तर, धावकका लागि सडक सुरक्षा भने निकै चुनौतीपूर्ण देखियो ।

संघले ३ किलो मिटर सडक दौड प्रतियोगिताको आयोजना गरेको थियो । पर्यटकीय क्षेत्र फेवातालको किनारमा पोखरा ६ खहरेचोकदेखि खपौदीसम्म रहेको दौडमा सडक सुरक्षा फितलो देखिएको थियो । प्रतियोगिताका लागि व्यवस्थापन राम्रो रहे पनि सडक सुरक्षामा भने संघले समेत प्रभावकारिता देखाउन सकेन ।

एकातिर धावक दौडिरहे भने अर्का तिरबाट सवारी साधनहरू मज्जाले गुडिरहेका थिए । यद्यपि, कुनै दुर्घटना भने भएन ।यदि, घटना भइहालेको खण्डमा आयोजकले भने उपचार गर्ने पक्षमा भने थिएन । यसअघि, नै आयोजकले प्रतियोगिताको पत्रकार सम्मेलनमा समेत ठूलो घटना भएमा धावक आफंैले खर्च व्यहोर्नुपर्ने बताइएको थियो । शनिबारको प्रतियोगितामा भने आयोजकप्रति धावकहरू सडक सुरक्षाका बारेमा असन्तुष्टि देखिएका थिए । उनीहरूले प्रतियोगिता गरेकोमा खुसी व्यक्त गरे पनि सवारी व्यवस्थापनमा भने ध्यान दिन नसकेको बताए ।

सफल पोखरा म्याराथन ५ किलोमिटर दौडमा समेत प्रथम भएकी विनु वि.क.ले पोखरामा हुने दौडमा सडक नै मुख्य चुनौतीको रूपमा रहेको बताइन् । ‘म स्कुलस्तरको दौड प्रतियोगिताहरू हुदाँ सहभागी हुने गरेकै छु । जहाँ पनि यही समस्या देखिन्छ । हामी दौडिरहेका हुन्छांै उता बाइक अनि गाडीहरू पनि गुडिरहेकै हुन्छन् । कता हामीलाई नै हान्छ भनेर तर्किनुपर्छ’ उनले भनिन् ।उदय मा.वि.का प्रधानध्यापक धनबहादुर क्षेत्रीले खेलाडी दौडिँदै गर्दा सवारी साधनसमेत सँगसँगै गुडेको देखिएको सुनाए । उनले सडकमा खेलाडी दौडिरहँदा सवारी रोकिनुपर्ने भए पनि त्यसो नभएको बताए ।

‘खेलाडी दौडँदै गर्दा केही सेकेन्ड अघि मात्रै सवारी रोकिएको अवस्था हो । त्यो पनि गाडी रोकिएन गुडिरहन्छ’ उनले भने । ‘आयोजकले प्रतियोगितालाई कसरी सफल बनाउने भन्ने पक्ष रहन्छ र मुख्य कुरा भनेकै दौडको रुट कसरी खुल्ला राख्ने भन्ने हो । यो उहाँहरूले सोच्ने कुरा हो यो त्यति व्यवस्थित देखिएन अलि राम्रो देखिएन । यातायातदेखि अन्य कुरालाई समेत राम्रोसँग व्यवस्थि त गर्न पथ्र्यो तर हुन नसकेको देखियो ।’यो समस्या यो प्रतियोगितामा मात्रै होइन । पोखराको दौड महोत्सवको रूपमा रहेको सफल पोखरा म्याराथनको समेत हो । म्याराथन जस्तो ठूलो प्रतियोगितामा समेत सडक सुरक्षा धावकका लागि निकै चुनौतीको विषय हो ।

यसका लागि आयोजक र स्थानीय निकाय, प्रशासन, प्रहरी र सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । बाटोभरि धावक दौडिरहँदा सवारीले होइन उल्टै धावकले बाटो छाडिदिनपर्ने हुन्छ । पोखरामा आयोजना हुने म्याराथनलाई अन्तराष्ट्रिय म्याराथनको निकायसँग जोड्नका लागि सडक सुरक्षा नै मुख्य हो । सडक सुरक्षा भई धावकका लागि योग्य रुट भएमा मात्रै हामी अन्तर्राष्ट्रिय निकायसँग जोडिन सक्छौँ ।छात्रतर्फ प्रथम भएका वसन्त विकले पनि आफू दौडिरहँदा गुडिरहेको सवारीलाई बाटो दिनपरेको बताए । ‘बाटोमा दौडिन अलि गाह्रो नै भयो । आधा घण्टा गाडी रोकेको भए पनि हुन्थ्यो’ उनले भने । कास्की जिल्ला खेलकुद संघका अध्यक्ष तोरण बानियाँले यसअघि पत्रकार सम्मेलनमा सडक सुरक्षाबारे गरिएको प्रश्नमा आफूहरूले ध्यान दिने बताएका थिए । तर, प्रतियोगिता चलिरहँदा भने प्रभावकारी भने देखिएन ।