सिन्धुलीमा कांग्रेस तीन प्रदेशसभामा अधिवेशन सम्पन्न, एक प्रदेशसभाको आज निर्वाचन हुदै


बुद्ध नेपाली , सिन्धुली ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो सिन्धुलीका चार प्रदेश निर्वाचन क्षेत्र मध्ये तीन प्रदेश तहको अधिवेशन भएको छ । जिल्लाको सङ्घीय निर्वाचन क्षेत्र नं. १ को  (क) र (ख) सङ्घीय निर्वाचन क्षेत्र नं। २ को ख मा र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । सङ्घीय निर्वाचन क्षेत्र नं.१ को (क) प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भने हिजो स्थगित भएर आज मात्रै चुनाव हुने भएको छ ।

हिजो भएको अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्र नं. १ (क) को नेपाली काँग्रेस प्रदेशसभा समितिको सभापतिमा चेत नारायण अधिकारी निर्वाचित हुनुभएको छ । उपसभापतिमा फडिन्द्र बस्नेत, सचिबमा युबराज खड्का,नेत्रहरी भण्डारी निर्वाचित हुनुभएको नेपाली काँग्रेस सिन्धुलीले जनाएको छ । प्रदेश प्रतिनिधिहरुमा नानी बाबु घिमिरे, सुबाश गिरी, विश्वाश शाही, काजी फुयाल, रिजेन्द्र बराल ,केदार् बनिया, शुसिल  बराल, दलितमा रितेश बिक खास आर्यमा अशिश  भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सिन्धुली सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (ख)को सभापतिमा चन्द्रदिप  कोइराला, उपसभापतिमा ललित बहादुर थापा, मेनुका बराल, सचिबमा सबिन घिमिरे, हिम बहादुर जोगि, सहसचीवमा बिस्नु बहादुर स्याङ्ताङ, गोकर्ण बहादुर चौहान निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रदेश प्रतिनिधिहरुमा सुमन कोइराला, कुशल पोख्रेल,युबराज पहाडी, सागर फुयाल, शेखरनाथ चैलागाइ, शेखर बुढाथोकी, टकनाथ अधिकारी, खस आर्यबाट यन्त्र राज भण्डारी, जनजातीमा तिलक पुलामी मगर, मोहोन सिन्जाली मगर, दलितमा शोभित रम्तेल, खसआर्य महिलामा कुसुम कार्की, खुल्ला महिलामा गिता बोगटी, सम्झना अधिकारी, यशोदा घिमिरे र अल्पसंख्यकमा चन्द्र जोगि निर्वाचित भएको नेपाली काँग्रेस सिन्धुलीका सभापति दिपक घिमिरेले जानकारी दिनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं. २ को (ख) को सभापतिमा विक्रम घलान निर्वाचित हुनुभएको छ । उपसभापति राम बहादुर कार्की, प्रचार सिँह वाईवा, सचिवमा राम बहादुर कार्की, राज कुमार श्रेष्ठ, सहसचिवमा दिपक भोलन, नवराज थापा निर्वाचित हुनुभएको नेपाली काँग्रेस मरिण गाउँपालिकाका सभापति राम बहादुर वाइवाले जानकारी दिनुभयो ।

प्रदेश प्रतिनिधिहरुमा नेत्र बहादुर बम्जन, कोकिल अस्थानी, चेत कुमार वाइवा, रामकाजी घलान, उर्गेनध्वज बल, बुर्जामान बम्जन, विर्जा बहादुर गोले, महिला तर्फ सिता स्याङतान, मनकुमारी कँडेल, बेरी माया विक निर्वाचित हुनुभएको छ । सङ्घीय निर्वाचन क्षेत्र नं. १ को (क) प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा सभापतिमा ३ जनाको उम्मेदवारी परेको छ । विजय कुवर, भुपेन्द्र पौडेल, प्रकास ढकालको सभापतिमा उम्मेद्वारी परेको कांग्रेस सिन्धुलीका सचिव घिमिरेले बताउनुभयो । सङ्घीय निर्वाचन क्षेत्र नं. १ को (क) को निर्वाचन आज हुदैछ ।