रुपन्देही कांग्रेसको मत गणनास्थलमा झडप, उम्मेद्वारसहित पाँच जना घाइते


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना क्रममा विवाद हुँदा झडप भएको छ ।विवाद चर्किएपछि भएको कुटाकुटमा क्षेत्रीय सचिव पदका उम्मेदवारसहित ५ जना घाइते भएका छन् । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको थियो ।

घटना हुँदा कम्तीमा ५ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थाका सैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन्। पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको छ ।

घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको ।