अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ :मन्त्री खतिवडा

अहंकारका कारण बालुवाटारबाट बालकोटको बार्दली पुगेका ओली अब हुने निर्वाचनबाट बार्दलीबाट बगरमा पुग्छन्


पुष्कर बुढाथोकी, भक्तपुर  ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेकपा समाजवादीका नेता बिरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली दम्भ र अहंकारका कारण बालुवाटारबाट बालकोटको बार्दली पुगेको र अब हुने निर्वाचनबाट बार्दलीबाट पनि बगरमा पुग्ने दाबी गर्नुभएको छ ।

मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको दुई दिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै ओलीले गुटको रूपमा पार्टी चलाए पछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भन्नुभयो, “नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनी बस्नु पर्ने भए पछि पार्टीबाट विद्रोह गरेका हौ, ७० करोड, ओम्नी र मनोहरा कटाउँछौ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह गर्‍यौ ।”केपी ओलीलाई केन्द्रदेखि सातवटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उहाँले भन्नुभयो, “बालुवाटारबाट बालकोट पुर्‍यायौँ, बोलकोटको पनि बार्दलीमा छन्, अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पुर्‍याइदिन्छौ ।”

अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमाले भन्दा ठुलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भन्नुभयो, “अब एमाले मण्डले र राजवादी राप्रपाको वैशाखी टेकेर चुनावमा जादैछ, हामी प्रजातान्त्रिक वाम गठबन्धन बनाएर चुनावमा जादैछौ, ओली अबको चुनावमा एउटाकाधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत ।”कार्यक्रममा उहाँले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्धको खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनु भएको छ । सरकारले ६ करोड खोपको सुनिश्चितता गरेको बताउनु भयो ।

मन्त्री खतिवडाले करिब एक करोड डोज खोज जनतालाई लगाइसकेका छौ भन्दै सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोप बाहेक थप खोप ल्याउन सरकारले  सम्झौता गरिसकेको  बताउनुभयो ।थप खोपका लागि केही सम्झौताको चरणमा रहेको बताउँदै, जनताकाले लागि ६ करोड खोप सुनिश्चित गरिसकेकाले  अब खोपको अभाव हुँदैन भन्नुभयो ।

उहाँले १२ वर्षदेखि १८ वर्षसाथका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको बताउनुभयो ।उहाँले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुसर्ट लगाउनु पर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुसर्ट खोप पनि ल्याइने बताउनुभयो । स्वास्थ्य बिमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बिमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु। ३५ सय पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बिमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनाी खापुङले यो सरकारमा जति बसिन्छ, त्यतिन्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताउनु भयो । उहाँले संविधान माथि आक्रमण गरेपछि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई सत्ताबाट हटाएर प्रतिद्धन्द्धीलाई सरकारमा लगेको बताउँदै नेकपा समाजवादीको सफलता यो पनि रहेको चर्चा गर्नुभयो ।