देशभर आज माओवादी केन्द्रको वडा अधिवेशन


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले भोलि देशभर वडा अधिवेशन गर्दैछ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट भोलि बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्ने बताइएको छ । सोही क्रममा कास्कीका पाँच पालिकाका ७२ वटै वडामा एकै पटक अधिवेशन हुने भएको छ ।

पार्टीको निर्देशनअनुसार तोकिएको समयमै सबै वडामा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको स्रोतले जनाएको छ ।  स्रोतका अनुसार कास्कीका सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरिने छ । सर्वसहमतिमा नेतृत्व चयन नभएको अवस्थामा निर्वाचन प्रक्रियाबाट निर्वाचन गरिने छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुंग्याइसकेको छ ।  माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् ।