विदेश जाने बढ्दा पनि विप्रेषण घट्यो


काठमाडौं, (नेस) । 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह ७ दशमलव ६ प्रतिशतले घटेर २३९ अर्ब ३२ करोड रुपिया“ कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२ दशमलव ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ६ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या वृद्धि भई ६६ हजारर ३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६ दशमलव ८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार ८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८ दशमलव १ प्रतिशतले कमी आई २६३ अर्ब ७३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १० दशमलव २ प्रतिशतले बढेको थियो ।