भारत–निर्मित कोभिड–१९ खोपको विदेशी आपूर्ति पुनः चालु

0
Shares

इन्डिया न्युुज नेटवर्क ।

विदेश मन्त्रालय (एमईए) ले बिहीबार स्वदेशी रूपमा निर्मित कोभिड–१९ खोपको विदेश आपूर्ति चालु भएको जनाएको छ । केही ढुवानीहरू पहिले नै भइसकेका छन् भने अरू कोभ्याक्स सुविधामार्फत् पाइपलाइनमा छन् ।

विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्चीले साप्ताहिक मिडिया सम्मेलनमा भनेका छन् – ‘हाम्रो घरेलु खोपको आवश्यकतालाई ध्यानमा राख्दै, हामीले भारतले बनाएको खोपको विदेशमा आपूर्ति चालु गरेका छौं । केही ढुवानीहरू भइसकेका छन् जबकि अरूहरू कोभ्याक्स सुविधामार्फत् पाइपलाइनमा छन् ।’

विदेश मन्त्रालयको वेबसाइटका अनुसार, खोप मैत्री पहलअन्तर्गत, भारतले अफ्रिकाका साना र अधिक कमजोर राष्ट्रहरूसहित भौगोलिक विकटता क्षेत्रका ९५ वटा देशलाई कोभिड १९ खोप आपूर्ति गरेको छ ।

भारतले खोपका ६६३ दशमलव ६९८ लाख सुई आपूर्ति गरेको छ जसमध्ये १०७ दशमलव १५ लाख खोप अनुदानको रूपमा, ३५७ दशमलव ९२ लाख व्यावसायिक आपूर्तिका रूपमा र १९८ दशमलव ६२८ लाख कोभ्याक्स सुविधाअन्तर्गत आपूर्ति गरिएको छ ।

भारतले यस वर्ष जनवरी महिनाको २० तारिखदेखि खोप मैत्री पहलअन्तर्गत भारतमा निर्मित कोभिड १९ खोपको बाह्य आपूर्ति शुरू गरेको थियो । कुनै अनुदानको रूपमा आपूर्ति गरिएको थियो भने कुनै भारतीय उत्पादकहरू (भारतको सीरम संस्थान र भारत बायोटेक) र गाभीको कोभ्याक्स सुविधामार्फत् व्यावसायिक बिक्री गरिएको थियो ।

यद्यपि, यस वर्ष अप्रिल महिनामा महामारीको दोस्रो लहर आएपछि देशले आफ्नै जनताको आवश्यकतालाई प्राथमिकता दिन अन्य देशहरूमा खोपको आपूर्ति रोकेको थियो । भारतले यस वर्ष जनवरी महिनाको १६ तारिखदेखि विश्वको सबैभन्दा ठूलो खोप अभियान सञ्चालनमा ल्याएको थियो ।

खोप उपलब्धता अवरोधहरूद्वारा अभियानको प्रारम्भिक चरण प्रारम्भ भए तापनि, भारतको सीरम इन्स्टिच्युट (कोभिसिल्ड) र भारत बायोटेक (कोभ्याक्सिन) जस्ता निर्माताहरूले पछिल्ला महिनाहरूमा उत्पादनलाई उल्लेखनीय रूपमा बढाएका छन् ।