संगीतमा आयो मखमली

0
Shares

अभिनेता, गीतकार तथा सानो पर्दाका निर्देशक विनोद केसीद्वारा रचित नयाँ आधुनिक गीत मखमली हालै सार्वजनिक गरिएको छ। केसीको शब्द रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ।

भावनात्मक तथा सुमधुर शैलीको उक्त गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तथा दर्शकको साथ र माया पाए आगामी दिनमा आफूले यस्तै खालका सांगीतिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले बताए। गीतमाथि आकर्षक म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। काठमाडौंको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोमा मोडलहरू सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन्। गीतको म्युजिक भिडियो विनोदले नै निर्देशन गरेका छन्।

एसजीएफ च्यानल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा करण चौसिरको छायांकन र राजकुमारको सम्पादन रहेको छ।