अन्यायमा सर्वसाधारण, न्याय खोज्दै कानुन व्यवसायी !

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ।

न्यायालयको न्यायका लागि विभिन्न माग राख्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले सर्वसाधारणलाई भने न्याय दिन सकेका छैनन् । दुई समूहमा बाँडिएका वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दे सर्वोच्च परिसरमै विरोध प्रदर्शनमा उत्रिएपछि न्यायालय ठप्प भएको हो ।

न्यायका लागि देशका विभिन्न स्थानबाट काठमाडौँ आइपुगेका सर्वसाधारण न्यायालयको अराज खेलले मर्कामा परेका छन् । सर्वसाधानरणको समस्या र विवाद समाधान गर्ने न्यायाधीशहरु आफै विरोध प्रदर्शनमा उत्रन थालेपछि बिहिबार सर्वोच्चको आँगनमा आएका सर्वसाधारण/ पिडीत पक्ष पनि विरोधमा उत्रिएको थियो । समयमा नपाएको न्याय के काम भन्दै उनीहरुले नारा जुलुस गरेका थिए । मुद्दा सुनुवाइ पर्खेर बसेका सर्वसाधाराणले अदालतलाई बन्धक बनाई निसाफ नदिएको भन्दै वकिलहरुलाई आफ्नो हतियार बनाई नेपाल बारले राजनीति गरेको समेत आरोप लगाएका छन् ।

त्यस्तै, नाराबाजीका साथ सर्वोच्च परिसरमै आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच झडप हुँदा छ जना वकिल घाइते समेत भइकेका छन् । उता, प्रधान्यायाधीश राणाले भने कुनै हालतमा पनि राजीनामा नदिने अडान राख्दै संविधान र न्याय प्रशासन ऐन अनुसार नै बेन्च सञ्चालन गर्ने बताउँदै आएका छन् ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले राणालाई जुन आरोपमा राजीनामा दिन दबाब दिइएको छ, सोही दोष प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गरेको बताएका छन् । गठबन्धन सरकार बनेसँगै जबराले आफ्नो भाग खोजेर आफ्ना जेठान गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको भन्दै नेपाल बारको अगुवाईमा वहिलहरु आन्दोलनमा उत्रिएका हुन् । बारको अराजक गतिविधिलाई नियाल्दै दिक्षितले भने,’ जबराले देउवालाई दबाब दिएका हुन् भन्ने आरोप मान्ने नै हो भने पनि यसका प्रमुख दोषी प्रधानमन्त्री देखिन्छन् । तर, प्रधानमन्त्री हमाललाई आफ्नो पार्टी नेपाली कांग्रेसमा अतुलनीय योगदानका कारण मन्त्री बनाएको, कुनै दबाब र भागबन्डाको कुरा होइन भनिरहेका छन्, तर नेपाल बार भने प्रधानन्यायाधीशकै राजीनामामा अड्डी लिएर बसेको छ । यो न्यायिक भएन ।’

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायालयबाट नै खोज्नुपर्ने बताएका छन् । सर्वसाधारण लगाएत विज्ञहरुले न्यायालयमा भइरहेको अराजक गतिविधिको आलेचना गर्दै समाधानतर्फ लाग्न दबाव दिइरहेका छन् ।