भारत र अमेरिका रक्षा प्रविधिमा सहयोग सुदृढ गर्न सहमत

0
Shares

इन्डिया न्युज नेटवर्क।

भारत र अमेरिका रक्षा प्रविधि सहयोगमा वार्तालाई बलियो बनाउन सहमत भएका छन् । मंगलबार भएको ११ औं रक्षा प्रविधि र व्यापार पहल (डीटीटीआई) समूहको बैठकमा यस विषयमा छलफल भएको थियो ।

रक्षा मन्त्रालयल भनेको छ – ‘सह–अध्यक्षहरू आशयको संशोधित कथनमा सहमत भएका छन् । यस हमतिले विस्तृत योजना बनाएर र मापनयोग्य प्रगति गरेर रक्षा प्रविधि सहयोगमा हाम्रो वार्तालाई सुदृढ पार्न धेरै विशिष्ट डीटीटीआई परियोजनाहरूमा आफ्नो आशयको घोषणा गरेको छ ।

डीटीटीआई समूहको उद्देश्य द्विपक्षीय रक्षा व्यापार सम्बन्धमा दिगो नेतृत्वमा केन्द्रिकृत हुनु र सह–उत्पादन र रक्षा उपकरणहरूको सह–विकासका लागि अवसरहरू सिर्जना गर्नु हो ।

डीटीटीआईअन्तर्गत भूमि, नौसेना, वायु र विमानवाहक प्रविधिहरूमा केन्द्रित चार संयुक्त कार्य समूहहरू, तिनीहरूको क्षेत्रभित्र आपसी सहमतिमा परियोजनाहरू प्रवर्धन गर्न स्थापना गरिएको छ ।

समूहहरूले सह–अध्यक्षहरूलाई जारी गतिविधिहरू र सहयोगी अवसरहरूबारे जानकारी प्रदान गरे, जसमा प्राथमिकताका आधारमा पूरा गर्नका लागि लक्षित गरिएका निकट–अवधि परियोजनाहरू समावेश छन्, रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

सेप्टेम्बर २०२० मा डीटीटीआई समूहको अन्तिम बैठक पछि संयुक्त कार्य समूह वायु प्रणालीअन्तर्गत मानवरहित हवाई वाहनको लागि पहिलो परियोजना सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो डीटीटीआई को लागि एक प्रमुख उपलब्धि हो । मंगलबारको बैठकमा भारत सरकारको रक्षा मन्त्रालयका सचिव (रक्षा उत्पादन) राज कुमार र अमेरिकी रक्षा विभाग ग्रेगरी कौसनरबाट प्राप्ति र दिगोपनाका लागि रक्षाका उपसचिव पीटीडीटीओ (परफर्मिङ द ड्युटी अफ) को सह–अध्यक्षता रहेको थियो ।

डीटीटीआई समूह बैठकहरू सामान्यतया वर्षमा दुईपटक, भारत र संयुक्त राज्य अमेरिकाबीच एकान्तरमा आयोजना गरिन्छ । तर, यो डीटीटीआई बैठक कोभिड–१९ को महामारीका कारण लगातार दोस्रोपटक भिडियो सम्मेलनमार्फत् आयोजना गरिएको हो ।

डीटीटीआई समूहअन्तर्गत विशिष्ट प्रविधिहरू विकास गर्न अमेरिकी र भारतीय उद्योगहरूलाई थप प्रोत्साहन गर्न, रक्षा उधोग समन्वय मञ्चले भर्चुअल एक्स्पो आयोजना गरेको थियो ।

रक्षा मन्त्रालयका अनुसार, डीआसीएफले भारतीय र अमेरिकी उद्योगहरूलाई डीटीटीआईमा प्रत्यक्ष रूपमा संलग्न हुने अवसर प्रदान गर्दछ र औद्योगिक सहयोगलाई असर गर्ने मुद्दाहरूमा सरकार र उद्योगबीच वार्तालापको सुविधा दिन्छ