सुनको मूल्यमा वृद्धि

0
Shares

काठमाडौं, (नेस) ।

सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रतितोला ४ सय रुपियाँले बढेर ९२ हजार ७ सय रुपियाँमा कारोबार भएकोे थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपियाँमा कारोबार भएको छ । यो मंगलबार ९१ हजार ८ सय रुपियाँ कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी मंगलबार प्रतितोला १ हजार २५० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भएको थियो ।