फ्रान्सकी महारानी म्यारीको गहना असी लाख डलरमा लिलाम

0
Shares

जेनेभा, (एजेन्सी) ।

कुनै समय फ्रान्सकी महारानी म्यारी एन्त्वाँले प्रयोग गरेका दुई वटा हिराको ब्रास्लेट स्विजरलायन्डमा ८० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा लिलाम भएको छ । टेलिफोनमार्फत् लिलाम बढाबढमा भाग लिएका एक अज्ञात व्यक्तिले खरिद गरेका छन् । फ्रेन्च जनक्रान्तिको दौडान बिच सडकमा आफ्नो शिर छेड्न गरिनुअघि म्यारीले ती गहना सुरक्षाका लागि कसैलाई राख्न दिएको बताइन्छ ।

त्यतिबेला देश बाहिर पु¥याइएका ती दुई ब्रास्लेट २ सय वर्षभन्दा लामो समय उनकै आफन्तको स्वामित्वमा रहे । तिनै १ सय १२ वटा पुराना बहुमूल्य हिरा जडित ब्रास्लेट अहिले लिलाममा बिक्री भएका हुन् । तिनीहरू अनुमानित भन्दा दोब्बर मूल्यमा बिक्री भएको हो ।
क्रिष्टि लिलाम गृहका युरोपका लागि अध्यक्ष फ्राँस्वा क्युरीले ती ब्रास्लेटले फ्रान्सको महत्वपूर्ण ऐतिहासिक युगको शान, गौरव र नाटक बोकेको विचार प्रकट गरेका छन् ।

म्यारीको सन् १७५५ मा अष्ट्रियामा जन्म भएको थियो । उनको फ्रान्सका भावी राजा लुइस पन्ध्रौंसँग बाल विवाह भएको थियो ।

अनावश्यक रुपमा राजालाई उक्साएको र प्रभुत्वमा राखेको आरोपमा सन् १७९३ मा उनी काटिएकी थिइन् । कारागारमा रहँदा उनले एउटा काठको बाकसमा राखिएको गहनालाई सुरक्षित राखियोस् भनेर पत्र लेखेकी थिइन् । अष्ट्रियामा पुग्नासाथ उनकी पुत्री म्यारी थेरेसेको हातमा सो गहना परेको थियो ।