धादिङमा यात्रुबहाक बस दुर्घटना हुँदा ३५ जना घाइते


धादिङ । 

बुधबार बिहान धादिङको कालुपाण्डे मार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८  ससाह नजिकै यात्रुबहाक दुई वटा बस एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

साँघुरो घुम्तीमा द्रुत गतिमा खचाखच यात्रु बोकेको बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । काठमाण्डौबाट धादिङबेसी हुदै फुलखर्कतर्फ आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङ बेसीबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक  सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका विरामीहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका २ जनाको ट्रमा सेन्टरमा थप उपचारका लागि प्रेषण गरिएको छ । अन्य बिरामको अवस्था सामान्य छ । केही घाइतेहरूलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो ।  दुर्घटनामा पछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सुचारु गराइएको छ ।