मेक्सिकोमा भ्यान एकापसमा ठोक्किँदा १२ को मृत्यु


एजेन्सी ।

मेक्सिकोमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको ज्यान गएको बताइएको छ । मेक्सिकोको चिपास राज्यमा मंंगलबार दुई भ्यान एकापसमा ठोक्किँदा ती व्यक्तिको ज्यान गएको हो ।

त्यस दुर्घटनमा परी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसमा परेर तीन जना होन्डुरसका नागरिक घाइते भएका बताइएको छ ।ती दुई भ्यान आपसमा ठोक्किन पुग्दा एउटा भ्यानका सात जना र अर्काका पाँच जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।