भारतमा थप एघार हजार नयाँ संक्रमित


एजेन्सी ।

भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या २६४ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

कुल संक्रमित मध्ये ९८।२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।