मुगुमा एयरलाइन्सले मनपरी भाडा असुल्दै


बीरबहादुर बम, मुगु । 

जिल्लाको रारा विमानस्थलमा निजी एयरलाइन्सले कार्गोको नाममा एक जना यात्रु बाट १२ हजार भाडा असुल्न थालेका छन् । नेपालगन्ज देखि मुगु आउन यात्रु नभएको र खाली जहाज बोलाउनु परेको भन्दै दुबै तर्फको भाडा जोडेर १२ हजार भाडा उठाउन थालेपछि यात्रु मारमा परेका छन् पहिले उक्त निजी एयरलाइन्सले मुगु देखि नेपालगन्ज जान प्रति व्यक्ति ६ हजार ५ सय भाडा लिने गरेका थिए ।

 रारा बिमानस्थलमा निजी एयरलाइन्सले प्रति व्यक्ति १२ हजार भाडा असुलेर उडाउने गरेको रोयल कन्ट्रशनका मेनेजर रवीन्द्र स्वाँरले बताए । विमानस्थलमा एयरलाइन्सले मनपरी गर्दा सम्म यहाँको प्रहरी प्रशासन मौन भएर उनको आरोप छ । अर्कोतिर टिकट वितरणमा पनि निजी एयरलाइन्स मनपरी गर्न थालेपछि सर्वसाधारण र बिरामीलाई हवाई टिकट पाउन सास्ती भएको छ । हवाई टिकट नपाएर चार पाँच दिन सम्म यात्रु विमानस्थलमै भोक भोकै बस्न बाध्य भएका छन् ।

चार पाँच दिन सम्म पनि कोही यात्रुले हवाई टिकट नपाएर रुदै घर फर्किन बाध्य भएका छ तीन दिन चिसोमा एयर पोटमा बसेर बल्ल हवाई टिकट पाएर नेपालगन्ज ओर्लिएको सोरु गाउँपालिका–२ का राजेन्द्र शाहीले बताए ।  बरु सभासदको टिकट पाउन सजिलो छ रारा विमानस्थलमा जहाजको टिकट पाउन अति गाह्रो हुने गरेको उनको भनाई छ  ।  नियम पद्धतिलाई बेवास्ता गरी निजी विमानस्थलमा भनसुनको भरमा आफ्ना व्यक्तिलाई हवाई टिकट दिने गरेको स्थानीयको आरोप छ ।

रारा विमानस्थल एयरलाइन्सका कर्मचारी कार्यालय भित्र यात्रुलाई हवाई टिकट वितरण नगरेर जता मन लाग्यो उतै वितरण गर्दा यात्रुलाई कर्मचारी भेटाउन मुस्किल हुने गरेको छ । नेपालगन्ज देखि मुगु आउने यात्रु नभएको र खाली जहाज बोलाएर यहाँ बाट यात्रु पठाउनु पर्ने बाध्यताले प्रति व्यक्ति १२ हजार हवाई भाडा लिने गरिएको तारा एयरलाइन्सका स्टेशन इन्चार्ज लक्ष्मी शाहीले बताए । रारा घुम्न आउने पर्यटकले दोहोरो हवाई टिकट लिएर आउँदा स्थानीयलाई टिकट पाउन मुस्किल भएको शाहीको भनाई छ ।

महँगो हवाई भाडा नउठाउन र पर्यटक र स्थानीयलाई बराबर टिकट उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले निजी एयरलाइन्सलाई पत्रचार गरे पनि बेवास्ता गरेको पाइएको छ  । पठाएको पत्रलाई कार्यान्वयन नगरे निजी एयरलाइन्सलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।  मुगुमा करिब १९ महिनापछि गत साता निगमको जहाजले एक दिन मात्र उडान गरे पनि नियमित उठान नगर्दा यात्रुहरू निजी एयरलाइन्सको मारमा परेका छन् ।

नेपाल बायु सेवा निगमको जहाजले नेपालगन्ज देखि नेपालगन्ज सम्म ५ हजार ३ सय ३५ र नेपालगन्ज देखि मुगु सम्म ५ हजार ३ सय ३५ नै भाडा दर कायम गरिएको भए पनि फ्लाइट नियमित नहुँदा समस्या उत्पन्न भएको छ । निगमको जहाजले नियमित उठान नगर्दा सम्म निजी एयरलाइन्सले दलाली सेवा अन्त नहुँने प्रमुख जिल्ला अधिकारी महतले भने निगमको जहाजलाई नियमित उडान गर्न पहल गरी रहेका छौ ।