विमान दुर्घटनामा गायिकाको निधन

0
Shares

हलिउड गायिका मारिलियाको मेन्डोकाको २६ वर्षको उमेरमा विमान दुर्घटनामा निधन भएको छ।

ब्राजिलमा जन्मिएकी उनको निजी विमानमा ब्राजिलकै गोवानिया शहरबाट काराटिगां शहरमा सांगीतिक कार्यक्रममा जाँदै गर्दा विमान दुर्घटनामा परेपछि निधन भएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । उक्त दुर्घटनामा उनीसहित उनको एक अफन्त, निर्माता र दुई जनाक्रु मेम्बरको निधन भएको समाचारमा उल्लेख छ । उनले कन्सर्टका लागि प्रस्थान गर्नु केही समयअघि विमान चढ्न लागेको तथा विमानभित्र खाने कुरा खाएर रमाइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

किशोरावस्थादेखि नै गीत–संगीतमा लागेकी उनी सन् २०१६ मा हलिउडकी चर्चित स्टार बनेकी थिइन्। उनलाई क्विन अफ सफरिङ उपनामले पनि चिनिन्थ्यो । उनी आफ्नो गीत–संगीतमा प्रेम तथा वैवाहिक सम्बन्धमा असफल भएका महिलाको भोगाइलाई प्राथमिकता दिने गर्थिन् ।