भलिबल उपाधि नागरिक सचेतलाई

0
Shares

हेटौंडा, (नेस) ।

मकवानपुरगढीमा भएको पालिकास्तरीय रनिङसिल्ड भलिबल प्रतियोगिताको उपाधि ७ नम्बर वडाको नागरिक सचेत क्लबले उचालेको छ । मकवानपुरगढी–६, डुम्रेकुनामा भएको फाइनलमा नागरिक सचेतले र ८ नम्बर वडाको बुढीचौर क्लबलाई सहजसँग पराजित गरेको हो ।

नागरिक सचेतले बुढीचौरलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमै निरीह बनाएको थियो । उपाधिसँगै नागरिक सचेतले ३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । बुढीचौरले २० हजार रुपियाँ पाएको छ । नागरिक सचेतका राज थिङ प्रतियोगिताका उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट स्पाइकर बुढीचौरका रुपेन्द्र दोङ भए भने उत्कृष्ट सेटर नागरिक सचेतका रमेश वाइबा भए । प्रतियोगितामा गाउँपालिकाका ९ क्लबले प्रतिस्पर्धा गरेका थिए ।