गृहनगरमा विष्ट र बल सम्मानित

0
Shares

हेटौंडा, (नेस) ।

राष्ट्रिय फुटबल खेलाडी अञ्जन विष्ट र सुनिल बललाई गृहनगर हेटौंडामा सम्मान गरिएको छ । १३ औं दक्षिण एसियाली फुटबलमा नेपालीलाई उपविजेता बनाउन सफल उनीहरूलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिले नगद २५ हजार रुपियाँसहित सम्मान गरेको हो । वागमती खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारी र जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानुकुमार लामाले उनीहरूलाई सम्मान गरेका थिए ।