नेपालमा अरब सागरको निम्न चापीय प्रणालीको प्रभाव

0
Shares

काठमाडौँ ।

नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली रहने मौसमविद्हरुले बताएका छन्। उनीहरुका अनुसार गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

उनीहरुले मंगलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएका छन्। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।