कांग्रेस महाधिवेशन: निधिको ध्यान गृह प्रदेशमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली काग्रेसको १४औं महाधिवेशनको प्रक्रिया अघि बढे संगै सबैभन्दा पहिला नेतृत्वको दाबी सार्वजनीक गर्दै तयारी आफ्नो तयारी अघि बढाउने नेता हुन विमलेन्द्र निधि । हाल उपसभापति रहेका निधिले वर्तमान सभापति शेरवहादुर देउवालाई यसपटक नेतृत्वमा आफुलाई सहयोग गर्न पटक पटक आग्रह गरेपनि देउवाले आफै नेतृत्व लिने बताएपछि निधि छुट्टिएर बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय नै स्थापना गरि व्यवस्थित तरिकाले आफ्नो तयारी अघि बढाएका छन् ।

एक लाख बिस हजार भन्दा बढी क्रियाशिल रहेको प्रदेश २ लगाएत १२ जिल्लामा यहि कार्तिक २७ गते देखि वडा अधिवेशन शुरु हुदै छ । प्रदेश २ का आठ जिल्ला मध्य रौतहट जिल्लाको क्रियाशिल सदस्यता विवाद अझै टुङ्गिएको छैन । बाकी ७ जिल्ला सप्तरी, धनुषा, सिराह, महोत्तरी, सर्लाहि, बारा र पर्सामा अधिवेशन प्रक्रिया शुरु हुदैछ । गृह प्रदेश भएकोले सभापतिका दाबेदार निधि वडा अधिवेशन देखि नै सुक्ष्म रुपमा प्रदेश २ मा आफ्नो प्रभाव बढाउने रणनीतिमा छन् ।

नीधि संगै उहाको गृह जिल्ला धनिषामा आनन्द ढुंगाना, महेन्द्र यादव, रामसरोज यादव लगाएतका प्रभावशालि नेताहरु छन् । साथै प्रदेश २ मा रमेश रिजाल, अजय चौरसिया, चित्रलेखा यादव, दिनेश यादव, सितादेवी यादव, टिएल चौधरी जस्ता केन्द्रिय स्तरका नेताहरु भएकोले पनि निधिलाई आफ्नो एकलौटी प्रभाव बढाउन प्रदेश २ मा चुनौती थपिएको छ ।

केन्द्रिय नेतृत्वको चयन महाधिवेशन प्रतिनिधिले गर्ने हो । महाधिवेशनको छनौट वटा बाट चुनिएका क्षत्रिय प्रतिनिधिले गर्ने भएकोले केन्द्रिय नेतृत्व दाबी गर्ने नेताहरुले वडा अधिवेशन देखिनै ध्यान दिन थालेका हुन । पहाडी जिल्लामा कम प्रभाव भएपनि मधेश तराई क्षेत्रमा निधिको प्रभाव बढी भएको निधि निकट नेताहरु बताउछन् । अहिले निधि निकट मानिएका झापाका प्रभावशालि नेता एवं काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि निधि गुट बाटै महामन्त्रीको उमेद्वारी दिने संकेत गरिसक्नु भएको छ ।

आसन्न अधिवेशनमा नेतृत्वमा आफ्नो दावी आगामी आम निर्वाचनमा काग्रेसलाई बहुमत दिलाउन भएको भन्दै निधिले भन्नुभयो– काग्रेसलाई आन्तरीक रुपमा पनि गुट भन्दा माथि उठाएर एकढिक्का बनाउन र काग्रेस नेतृत्वमा युवा पुस्तालाई अवसर दिन पनि मैले सभापतिमा उमेद्वारी घोषणा गरि अघि बढेको छु ।

अघिल्लो महाधिवेशनमा देउवालाई साथ दिएका निधि बाहिरिए संगै देउवा कमजोर हुने आकालन गरिएको छ । संस्थापन पक्षबाट नेतृत्वको लागि देउवा अहिले पनि प्रमुख दाबेदार हुन ।

नेतृत्वको लिनको लागि सभापतिको उमेद्वारी घोषणा सार्वजनीक गरि निधि अघि बढेपनि देउवा पनि पुनः नेतृत्व लिन गुप्त रुपमा आफ्नो तयारी अघि बढाइरहनु भएको छ । संस्थापन ईतर समुहबाट नेतृत्वको लागि देउवा विरुद्ध एकमात्र साझा उमेद्वार बनाउन नसकिरहेको अवस्थामा आकाक्षि नेताहरु अहिले गुट बलियो बनाउने रणनीतिमा लागिरहेका छन् ।

संस्थापन इतर समुहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पुर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रिय सदस्य डा. शेखर कोइराला १४औं महाधिवेशनका प्रमुख दाबेदारका रुपमा अघि बढेका छन् । १३औं महाधिवेशनबाट काग्रेस भित्र तेस्रो गुट निर्माण गर्नुभएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको अर्का दावेदार भए पनि उहाँ अहिले पर्ख र हेरको अवस्थामा बसेका छन् ।