सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरमार्फत उद्दार

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको जयतपानीबाट दाङको तुलसीपुरका लागि छुटेको ना१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै दर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा १० महिला र २ जना पुरुष रहेका छन् । दुर्घटना आइतबार बिहान ११:१५ बजे भएको थियो । घटनाको विस्तृत बिबरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, घाइतेको हेलिकप्टरमार्फत उद्दार गरि थप उपचारका लागि नेपालगन्ज र काठमाडौं पठाईएको छ । प्रहरी दुर्घटनाको कारण र मृतकको सनाखतका लागि जुटेको छ ।