सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु



सल्यान ।

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

सल्यान खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो । बस आइतबार बिहान सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार अझैँ मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्