पछिल्लो २४ घण्टामा १८३ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १८३ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ४४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ सय ८३ जना संक्रमित भेटिएका हुन भने आज २ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै आज ६ सय ४९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ८ हजार ४ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।