मुख्य न्यायाधिवक्ता आचार्यद्वारा राजीनामा

0
Shares

मोरङ ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले राजीनामा बुझाउनुभएको छ ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम बुधबार साँझ उहाँले राजीनामा दिनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बुधैबारदेखि लागू हुनेगरी मुख्य न्यायाधिवक्ताको राजिनामा स्विकृत भएको बताइएको छ ।