फस्ट लुकमा ओभर डोज

0
Shares

आगामी मंसिर १७ गते रिलिज हुने भनिएको फिल्म ओभर डोजको फस्टलुक सार्वजनिक गरिएको छ।

फिल्मको निर्माण समूहले तिहारको छेको पारेर फिल्मको फस्टलुक सार्वजनिक गरेको हो। सम्पूर्ण छायांकन कार्य अमेरिकामा गरिएको फिल्म दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको हो। प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्म सुमन पौडेलले निर्देशन गरेका छन्। प्रनिश राज पन्त, सविन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन्।

फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरिएको जनाइएको छ। फिल्ममा पिजे वाइबाको संगीत, गुच्ची भाइको छायांकन, साजन कार्कीको सम्पादन, कमल पाण्डेको भिजुअल इभेक्ट उपेन्द्र पन्जियार र जुनियर मोरेनोको लेखन रहको छ।