नेपाल संवत्लाई नेपाल भाषाको गीत

0
Shares

गायक रमेश महर्जनले नेपाल संवत् ११४२ का लागि नयाँ गीत तयार पारेका छन्।

गायक महर्जनको स्वर, तीर्थमान महर्जनको शब्द रचना तथा शिव शाहीको संगीत रहेको नेपाल भाषाको गीत गुली हिसिदुम्ह मज्यु नेपाल संवत् ११४२ का लागि तयार पारिएको हो। गायक तथा कलाकार महर्जन र सुनीता मर्हजनको मुख्य भूमिका रहेको गीतको म्युजिक भिडियोलाई सुनीता महर्जनले निर्देशन गरेकी छन् भने म्युजिक भिडियोमा रमेश र सुनीताका साथमा विनेशमान मर्हजन, सरस्वती मर्हजन, रमिता मर्हजन र सनम कुमार श्रेष्ठको अभिनय रहेको छ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन गुणराज शाक्यले गरेका छन् भने सनम कुमार श्रेष्ठको श्रृंगार रहेको छ।