सोसियल मिडिया फिल्म अवार्ड हुने

0
Shares

ड्रिम वल्र्ड अफ् फिल्म मेकर्स प्रालि र लिडिङ वुमन एसोसियसनको सहकार्यमा सोसियल मिडिया फिल्म अवार्डस् २०७८ हुने भएको छ।

सामाजिक सञ्जालमा अपलोड भएका सर्ट फिल्म तथा विभिन्न प्रकारका भिडियोलाई समावेश गरेर २०७५ सालबाट शुरू भएको यो अवार्ड कोरोना महामारीको कारण स्थगित भएको र दोस्रो सस्करणको अवार्ड आगामी माघ महिनामा हुने अवार्डकी अध्यक्ष जानकी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन्। अवार्डमा शर्ट फिल्मअन्र्तगत निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, एनिमेसन फिल्म,महिला फिल्म निर्माता, ध्वनि मिश्रण, सम्पादन र छायांकनका साथै इन्डिजेनश फिल्म, डकुमेन्ट्री, सामाजिक भिडियो, युट्युब भिडियो, भ्लग, चु्नौतीपूर्ण भिडियो समाचार, पीएसए, लोकप्रिय टिकटक, देशभक्तिपूर्ण संगीत, सन्देशजस्ता विधामा सर्वोत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन्।

सोसियल मिडिया फिल्म अवार्डस्को कार्यकारी अध्यक्षमा शवनम मुखिया रहेकी छिन् भने कार्यक्रम को–अर्डिनेटर सन्तोषी अधिकारी हुन्। ‘अवार्डमा गत वर्षभन्दा यस वर्ष केही विधासमेत थप गरिएको छ भने अन्य थप आकर्षण नगद पुस्कार पनि रहेको छ। अघिल्लो अवार्ड झैं यो वर्ष पनि सञ्चारकर्मी, चलचित्रकर्मी, समाजसेवी, सामाजिक, उद्योग क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पु¥याउनुभएका केही विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिनेछ’ मुखियाले भनिन्।