घरेलु तथा साना उद्योग महासंघको महाअधिवेशन पुसमा हुने

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाअधिवेशन आगामी पुस तेस्रो साता हुने भएको छ । पुस २२, २३ र २४ गते २५औं महाधिवेशन तथा २२औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले जनाएको हो ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । त्यसभन्दा अगाडि आगामी मंसिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासंघले जनाएको छ । महासंघको लुम्बिनी प्रदेशको अधिवेशन कार्तिक २९ गते, बागमती प्रदेशको अधिवेशन मंसिर १ गते र गण्डकी प्रदेशको मंसिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ । महासंघले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

महासंघद्वारा घोषित कार्यक्रमअन्तर्गत मंसिर २४ गते ढाका उद्यमी व्यवसायीको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ वैशाख १५ देखि १९ गतेसम्म १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरेको छ ।