कोरोना संक्रमित बालबालिकालाई स्कुलमै थुनियो

0
Shares

बेइजिङ, (एजेन्सी) ।

चीनको एउटा प्राथमिक विद्यालयका दर्जनौं बालबालिकालाई घण्टौंसम्म विद्यालायभित्रै थुनेर राखिएको खबर प्राप्त भएको छ । विद्यालयका एकजना कर्मचारी कोभिड–१९ पोजिटिभ देखिएपछि अचानक लकडाउन हुँदा ती विद्यार्थीहरू थुनिएको चीनको सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ ।

सो घटनापछि चिन्तित सम्बन्धित अभिभावकहरू विद्यालयबाहिर जम्मा भएका थिए । झन्डै मध्यरातसम्म पनि तिनीहरूलाई वास्तविकताको जानकारी गराइएको थिएन । ती सम्पूर्ण विद्यार्थीहरूको पनि पीसीआर टेस्ट गरिएकाले परीक्षण परिणाम ननिस्कुन्जेल तिनीहरूलाई त्यहीँ रोकिएको बताएको छ ।

तिनीहरू सातादेखि १२ वर्ष उमेरबीचका रहेको बताइएको छ ।

स्थानीय न्युज साइट जिमुले करिब मध्यरातितिर विद्यालयका प्रिन्सिपलले बाहिर प्रतिक्षित अभिभावकहरूलाई केही विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनुपर्ने अवस्था आएको जानकारी दिएको जनाएको छ ।

त्यसपछि, अभिभावकलाई क्वारेन्टाइनमा रहनुपर्ने विद्यार्थीहरूका लागि लुगाफाटो ल्याउन अनुरोध गरिएको थियो । विद्यालय सूत्रले संक्रमित विद्यार्थीको यकिन संख्या सार्वजनिक गरेको छैन । तर, न्यु तांग डाइनेस्टीसँग आबद्ध फालुन गोंग न्युज आउटलेटले भने ३५ जना विद्यार्थीलाई क्वारेनटाइनमा राखिएको जनाएको छ ।