घरदेखि अफिससम्मलाई यस्तो छ लक्ष्मी पूजाको उत्तम साइत



काठमाडौँ ।

लक्ष्मी पूजाका लागि उत्तम साइतहरु तोकिएको छ । भागवत र विष्णुधर्मोत्तर पुराण अनुसार कार्तिक औंशीका दिन समुद्र मंथनबाट लक्ष्मी प्रकट भएकी थिइन् । त्यस्तै रामायणमा पनि यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह सम्पन्न भएको उल्लेख छ । त्यसैले कार्तिक औंशीमा लक्ष्मीको पूजा विशेष रुपले गर्ने प्रचलन छ ।

अफिस /कार्यालयमा 

विहान ११ : ०५ देखि दिउँसो १ः १२ बजेसम्म
दिउँसो २ :३५ देखि अपरान्ह ४ः०५ बजेसम्म

पसल/दोकान

दिउँसो २:०५ देखि अपरान्ह ४ः०५ बजेसम्म
साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म

उद्योग/ कारखाना

विहान ८ः४५ देखि विहान ११ः०३ बजेसम्म
राति ११ः२५ देखि १२ः१६ बजेसम्म

घर

दिउँसो २ः०५ देखि अपरान्ह ४ः०५ बजेसम्म
साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म
राति ११ः२५ देखि १२ः१६ बजेसम्म

प्रतिक्रिया दिनुहोस्