मोटरसाइकलमा ११ बण्डल पटाकासहित ३ जना प्रक्राउ


हेटौंडा ।

मंगलबार राति करिब ८ बजे सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका वडा–३ मा चेक गर्ने क्रममा भारतबाट शंकास्पद्रुपमा नेपालतर्फ आएको मोटरसाइकलबाट पटाका बरामद गरेको छ ।

ना. ३८ प ७९५३ र ना. १६ प ६२२९ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकल चालक तथा पछाडि बसेकाहरुले कार्टुनमा राखी लुकाइल्याएको किङकोब्रा ११ बण्डल र इलेक्ट्रिक स्पार्कल ५० प्याकेट विष्फोटक पदार्थ (पटाका) फेला परेको हो ।

पक्राउ परेकामा हेटौंडा–१५ बस्ने वर्ष ३४ का बुद्ध लोप्चन, वर्ष २५ का बुद्ध लोप्चन र वर्ष ३२ का राजकुमार लोप्चन छन् । उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतबाट विष्फोटक पदार्थअन्तर्गत् कसुरमा पहिलो पटक दिन ५ म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ ।