एकीकृत समाजवादी अवैध गर्भाधारणबाट जन्मेको पार्टी हो : योगेश भट्टराई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टी अवैध गर्भाधारणबाट जन्मेको सन्तानजस्तै भएको
बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने, “नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रणा दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहिचान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ।”

उनले नेकपा (एकीकृत समाजवादी) पार्टी पहिचान र ठेगाना नभएको पार्टी भएको समेत टिप्पणी गरे।