ऊर्जामन्त्री भूसाल र युरोपेली राजदूतबीच भेटर्वाता


न्युज अफ नेपाल, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र युरोपेली संघ प्रतिनिधिमण्डलकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विषमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको छ।