पाकिस्तानमा भ्यान दुर्घटना हुँदा १० जनाको मृत्यु



एजेन्सी ।

पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्