एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए।

पार्टीको जारी संगठन विस्तार अभियानका विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुँदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ । संगठन विस्तार अभियान अन्तर्गत एकीकृत समाजवादीले प्रदेश, जिल्ला र विभिन्न विभागहरूलाई पूर्णता दिइसकेको छ ।