मनै लोभ्याउने इलाननी पार्क


न्युज अफ नेपाल, ललितपुर।

ललितपुर महानगरपालिका– १६ वडाले इलाननीस्थित पार्कको मर्मत सम्भार गरेको छ ।ऐतिहासिक हिरण्यवर्ण महाविहार ‘गोल्डेन टेम्पल’ पछाडितर्फ रहेको सो पार्कको मर्मत गरी स्वरुपमा परिर्वतन गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो।वडाअध्यक्ष शाक्यका अनुसार पुरानो पार्कको स्वरुप र संरचना परिर्वतन गरी आकर्षक पार्कको रुपमा विकसित गरिएको हो।यस अघि वडा कार्यालयले इलाननीसंगै रहेको नागबहालको पार्कको मर्मत र सम्भार गरेको थियो ।

क्रंक्रिटको शहरको रुपमा तीब्र रुपमा परिणत हुँदै स्थितिमा पार्कको संरक्षणले खुल्ला ठाउँको महत्व बढ्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ हरियाली पार्क मानिसलाई आनन्दित तुल्याउने छ।मानिसहरु शान्तपूर्वक बस्न र वडाको शोभा बढाउनको लागि हरियाली पार्कको आवश्यक छ।भएका पार्कलाई हरियाली बनाउँदै हेर्दा मनै लोभ्याउने गरी तयार गरिएको हो।’ पार्कसंगै टोल सुधार समितिको एकतल्ले भवन पनि निर्माणको गरिएको छ ।

‘सो पार्क मर्मत र भवन निर्माणले टोलको वातावरणको शोभा थपिएको छ । टोलमा आवश्यक हुँदा बैठक बस्ने, छलफल गर्ने ठाउँ मिलेको छ । ’ उपभोक्ता समितिका अध्यक्ष राज बज्राचार्यले भन्नुभयो । बज्राचार्यका अनुसार सो पार्क र भवन निर्माणको लागि ३० लाख रुपयाँ खर्च भएको छ ।

पार्कको उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर विकासको एउटा महत्वपूर्ण अंङ्गको रुपमा हरियाली पार्क रहेको बताउँदै इलाननीको पार्कले आकर्षण रहेको बताउनुभयो ।पार्कको अवलोकन गर्दै उपमेयर गीता सत्यालले पार्क हेर्दा आफू जीउँदै स्वर्ग पुगेको झै अनुभूत भएको बताउँदै सो ठाउँलाई स्वर्गको टुक्रासंग तुलना गर्नुभएको थियो ।