धादिङ ।
धुनीबेँसी नगरपालिका वडा नम्बर १ मा मंगलबार राती मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ दुर्घटनामा मृत्यु हुनेमा धुनिवेशी नगरपालिका वडा नम्बर १ निवासी ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका क्रममा काठमाडौंको स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेहरुमध्ये २ जनाको काठमाडौंंस्थित ट्रमा सेन्टरमा र ५ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टिएर दुर्घटना भएको थियो ।











प्रतिक्रिया