प्रधानन्यायाधीशले तोके ९ इजलासमा ९ मुद्दाको पेसी


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन्। सर्वोच्च अदालतमा आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको हाे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका हुन्।

पेशी तोकिएका सबै मुद्दामा दुई मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित छन् । प्रधानन्यायाधीश राणाले आज आफ्नो इजलास तोकेका छैनन्।