उपभोक्ताहरुको हितका लागि बागमती प्रदेशमा महासंघ

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

उपभोक्ताहरुको हितका लागि नेपाली उपभोक्ता सरक्षण महासंघको केन्द्रिय समिति दर्ता भए लगत्तै विद्यान अनुसार प्रदेश र जिल्ला समितिहरु धमाधम गठन हुन थालेका छन् । उपभोक्ताले गुणस्तरीय बस्तु तथा सेवाहरु निर्वाध रुपमा उपभोग गर्न पाउनु पर्ने, गुणस्तरीय बस्तु तथा सेवाहरु उपभोग गर्न पाउने अधिकारलाई स्थापित गर्न उक्त सस्था गठन भएको हो ।

 

उपभोक्ताहरुको हितका लागि बागमती प्रदेशका जिल्लाहरुको कार्य क्षेत्र रहने गरी सुमन भुजेलको अध्यक्षतामा कमिटी गठन भएको छ । केन्द्रिय अध्यक्ष चन्द्र साउदको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गठित समितिमा उपभोक्ताहरुको भेलाबाट उपाध्यक्ष रोशन चौलागाई, महासचिव कृष्ण श्रेष्ठ, सचिव हरिशरण बाटा, कोषाध्यक्ष प्रेमकुमारी कार्की चयन हुनु भएको छ । भेलामा बरिष्ठ सल्लाहकार कमलबहादुर जिटीको सहभागिता रहेको थियो । बागमती प्रदेश समितिको सदस्यहरुमा शिब श्रेष्ठ, अष्ट बहादुर श्रेष्ठ, नवीन भण्डारी, सरोज खोटेजा, सुजना खत्री, सपना पौडेल धिताल रहनु भएको छ । उपभोक्ताहरुको हितका लागि तीन तहकै सरकार तथा सरोकारवालाहरुको समन्वयमा कार्य गर्ने नव गठित समितिका अध्यक्ष सुमन भुजेलले बताउनु भयो ।