धुलिखेलमा हिमालय दृश्य, पर्यटकको घुँईचो

14
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

हिमालय दृश्य होटलले शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा सेल रोटी कार्यक्रम आयोजना गरेको छ । बनेपा नगरपालिका वडा नम्वर ६ र धुलिखेल नगरपालिका वडा नम्वर ३ को सिमानामा रहेको हिमालय दृश्य आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको छ ।

सेलरोटी कार्यक्रममा नेपालमा रहेका सातवटा मुलुकका दुतावासमा कार्यरत ब्यक्तित्वहरु, नेपालका प्रतिष्ठित उद्योगी ब्यवसायी, राजनीतिककर्मी, जनप्रतिनिधि, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो । हिमालय दृश्यका म्यानेजिङ्ग डाईरेक्टर श्यामकाजी महतले तिहारको अवसरमा संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

२० रोपनी जमिनमा ४० करोड लगानी गरी ४३ वटा सुविधा सम्पन्न कोठाबाट सेवा प्रारम्भ गरेको हिमालय दृश्य पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको छ । ‘पर्यटकहरुको चाप बढ्नुमा हिमालय दृश्यको ब्यवस्थापन तथा हिमालय दृश्यबाट देखिएको दृश्यावलोकन हो’–प्रवन्ध निर्देशक श्यामकाजी महतले भन्नुभयो–‘हामी सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजानेछौ ।’ एकपटक दृश्यमा पुगेको पर्यटक पटक पटक सेवाका लागि पुगिरहेको छ । हिमालय दृश्य संचालनका लागि श्यामकाजी महत, उमेश श्रेष्ठ, शिवकुमार थापा र अशोक श्रेष्ठ संचालक हुनुहुन्छ । उमेश श्रेष्ठ वर्तमान सरकारमा राज्यमन्त्री हुनुहुन्छ । कोरोना महामारीका कारण नेपालमा विदेशी भन्दा स्वदेशी पर्यटकहरुको आगमन बृद्धी हुन थालेको छ । हिमालय दृश्यमा अधिकांश समय आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ ।

स्विमिङ्ग पुल, दुईवटा सेमिनार हल, २ वटा स्विट रुम, ४ वटा डिलक्स रुम समेत गरी ४३ वटा रुम रहेको होटलमा विभिन्न होटलमा कार्यरत अनुभवी कर्मचारीहरु कार्यरत छन् । सोना स्टिम र आन्तरिक पर्यटकहरुको खचाखच उपस्थितिले ब्यवस्थापनले केहि रुमहरु थप्ने तयारी शुरु गरेको छ । २०७४ सालमा निर्माण शुरु गरेको होटल २०७७ फागुनबाट संचालनमा आए पनि कोरोना भाईरसका कारण मुलुकमा भएको लकडाउनले केहि समय बन्द भएको थियो । पुनः २०७८ साउन १ गतेबाट संचालनमा आएको हिमालय दृश्य खर्चका हिसावले घाटामा नगएको प्रवन्ध निर्देशक श्यामकाजी महतले बताउनु भयो । दशै तिहार तथा नेपालीहरुका महान चाडपर्वको अवसरमा २० देखि ३० प्रतिशतसमम छुट उपलब्ध गराईएको छ । दृश्यबाट दृश्यावलोकनका लागि अनलाईन बुकिङ्ग मार्फत आन्तरिक पर्यटकहरुको सहभागिता बृद्धीका कारण ब्यवस्थापनले सेवालाई अझै प्रभावकारी बनाउँदै लगेको छ ।

चितवनमा रहेको सेन्टर पार्क रिसोर्टको अनुभवले धुलिखेलमा हिमालय दृश्य शुरुवात गरिएको हो । प्रवन्ध निर्देशक श्यामकाजी महत २०५१ सालमा धुलिखेलमा रहेको होराईजन होटलमा हयाण्डीक्राफ्टको कार्य गर्नु हुन्थ्यो । त्यहिबाट शुरु भएको होटल क्षेत्रको ब्यवसायले चितवनमा केहि होटलहरु संचालन गरी धुलिखेलमा हिमालय दृश्य शुरु गरिएको हो । चितवनको सेन्टर पार्क रिसोर्टमा श्यामकाजी महत, रुस्तम बाँनिया, उमेश श्रेष्ठ र शिवकुमार थापा संचालक हुनुहुन्छ । ९ वर्ष देखि उक्त होटल संचालनमा छ । सोहि समुहले काठमाडौको बालुवाटारमा दुईवटा ओरिगानो रेस्टुरेन्ट संचालनमा ल्याएको छ । उद्योग संचालन गरी रोजगारीको सिर्जना गरी नेपालमा केहि गरौ भन्ने उदेश्यले उक्त समुहले होटल तथा पर्यटन ब्यवसायमा लगनाी गरिरहेको छ । ‘हिमालय दृश्यमा एक पटक आएका पाहुनाहरुलाई पुनःदोश्रो पटक आउने वातावरण तयार गर्न र बसाई लम्याउने विषयमा थप योजनाका बारेमा छलफल भईरहेको छ’–प्रवन्ध निर्देशक श्यामकाजी महतले भन्नुभयो–‘अनलाईन बुकिङ्ग, अनलान पेमेन्टको सुविधा रहेकाले सहज र सरल भएको छ । एक पटक आएका पाहुनाहरु चारपटक समेत आएर सेवा लिनु भएको छ ।’ हिमालय दृश्यमा पछिल्लो समय ४५ जना कर्मचारीहरु कार्यरत हुनुुहन्छ ।