एलिजावेथलाई दुई साता आराम लिन सल्लाह

0
Shares

लन्डन, (एजेन्सी) ।

बेलायतका महारानी एलिजावेथ द्वितीयालाई चिकित्सकहरूले आगामी थप दुई साता आराम गर्न तथा सो अवधिमा कुनै पनि औपचारिक भ्रमण नगर्न सल्लाह दिएको बकिंघम प्यालेसले जनाएको छ । प्यालेसका अनुसार ९५ वर्षीया एलिजावेथले यस अवधिमा हल्का कामकाज जस्तै भच्र्युल मिंटिङहरू गर्न सक्नेछन् ।

साथै, प्यालेसले महारानीको आगामी १४ नोभेम्वरमा सेनोटाफमा आयोजना हुने ‘रिमेम्ब्रान्स सन्डे सर्भिस’ मा उपस्थित हुने ठूलो इच्छा रहेको पनि जनाएको छ । अचानक नर्डन आयरल्यान्डको भ्रमण रद्द गरेर गत २० अक्टोबरमा एलिजावेथको अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनले गत मंगलबारदेखि सार्वजनिक कामकाज पुनः शुरू गर्ने क्रममा विन्डसोर क्यासलबाट भिडियो लिन्कमार्फत विभिन्न मुलुकका राजदूतसँग भेटघाट गरेकी थिइन् । तर, पहिले नै उनले ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी सिओपी२६ शिखरवार्तामा भाग नलिने घोषण गरिएको थियो ।