फ्रेन्च राष्ट्रपति अस्ट्रेलियाली प्रमसँग रुष्ट

0
Shares

पेरिस, (एजेन्सी) ।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले आफ्नो मुलुकसँग पनडुब्बी सम्झौता भंगबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले झुठो बोलेको आरोप लगाएका छन् । त्यसोभए के मोर्रिसन बेइमान हुन् त भन्ने प्रश्नको जवाफमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताएका छन् ।

१२ वटा पनडुब्बी बनाउनेबारे अस्ट्रेलियाले ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता रद्द गरी संयुक्त राज्य अमेरिका र वेलायतसँग नयाँ प्रतिरक्षा सम्झौतामा हस्ताक्षर गरेकाले म्याक्रोँ आक्रोसित भएका हुन् ।

अस्ट्रेलियाले ति दुई मुलुकसँग अकस नामक सम्झौता गरेका हुन् । तर, मोर्रिसनले भने आफू बेइमान नभएको बताएका छन् । यस मामिलामा गत सेप्टेम्बरमा विवाद शुरू भएयता पहिलोपटक यी दुईबीच जी–२२ शिखर बैठकमा जम्काभेट भएको हो ।

रोेममा जी– बैठकमा भाग लिने सिलसिलामा एकजना अस्ट्रेलियाली पत्रकारले राष्ट्रपति म्याक्रोंलाई मोरिर्सनलाई फेरि विश्वास गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए । अकस सम्झौताको कारण फ्रान्स, अमेरिका र अस्ट्रेलियाबीच तनाव सिर्जना भएको थियो ।